विश्वकपको प्रि–क्वार्टरफाइनल समिकरण पूरा, कुन देश कोसंग कहिले खेल्दैछन् ?

गोर्खा ड्रिम

Editor
28 days-ago July 4, 2026

काठमाडौं-
अन्तिम ३२ को अन्तिम खेलमा कोलम्बियाले घानालाई ० का विरुद्ध १ गोलले पराजित गरेसँगै फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनल राउन्ड अफ १६ को सम्पूर्ण समीकरण पूरा भएको छ ।
कोलम्बियासंगै ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल, नर्वे, मेक्सिको, पाराग्वे, बेल्जियम, मोरक्को, क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, स्वीट्जरल्याण्ड, इजिप्ट र इङ्गल्याण्ड अन्तिम १६ मा पुगेका छन् ।
आज रातिदेखि नै प्रिक्वार्टर फाइनलका खेल शुरु हुनेछन् ।
जस अनुसार आज राति १०ः४५ बजे क्यानडा र मोरक्कोबीचको खेल हुनेछ भने असार आजै राति २ः४५ बजे पाराग्वे र फ्रान्स भिड्नेछन् ।
त्यसैगरी, सोमबार बिहान १ः४५ बजे ब्राजिल र नर्वेको खेल हुनेछ । सोमबार बिहान ५ः४५ बजे मेक्सिको र इङ्गल्याण्डबीच अन्तिम ८ का लागि प्रतिस्पर्धा हुनेछ ।
असार २३ गते मंगलबार बिहान १२ः४५ बजे पोर्चुगल र स्पेनबीच खेल हुनेछ । सोही दिन बिहान ५ः४५ बजे हुने खेलले अमेरिका र बेल्जियम मध्ये एउटा टोलीलाई अन्तिम ८ मा पुर्याउनेछ ।
सोही दिन राति ९ः४५ बजे अर्जेन्टिना र इजिप्टबीच तथा अन्तिम १६ को अन्तिम खेल असार २४ गते बुधबार बिहान १ः४५ बजे स्वीट्जरल्याण्ड र कोलम्बियाबीच हुनेछ ।

अन्तिम ८ मा पुग्ने टोलीबीच हुने प्रतिस्पर्धाले अन्तिम चारका लागि र त्यसबाट उपाधिका लागि टोली निश्चित गर्नेछ ।

ताजा समाचार

View All →