काठमाडौँ
स्पेन विश्व फुटबलको विजेता बनेको छ । उसले साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै इतिहास रचेको हो ।
उसले १६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो ।
स्पेन यसपालीको युरोपेली च्याम्पियन पनि हो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो ।
अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हात पारेको हो ।
खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो ।
सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै स्पेन फाइनलमा पुगेको थियो भने उपविजेता अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले पछि पारेको थियो ।