८५.७२ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न, सुदूरपश्चिममा सबैभन्दा बढी

गोर्खा ड्रिम

Editor
7 hours-ago August 1, 2026

काठमाडौं-
यस वर्ष मनसुन ढिला भित्रँदा नेपालमा धान रोपाइँ अझै पूर्ण रूपमा सकिएको छैन ।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार देशभर कुल धानखेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको छ । यद्यपि, अबको केही दिनमा धान रोपाई सकिने सरकारले विश्वास व्यक्त गरेको छ ।
कृषि विभागको विवरण अनुसार देशभरिको १३ लाख ७० हजार ६१ हेक्टर धानखेती योग्य जमिनमध्ये ११ लाख ७४ हजार ३ सय ९२ हेक्टरमा रोपाइँ सकिएको छ भने बाँकी करिब १४.२८ प्रतिशत क्षेत्रमा रोपाइँ जारी छ
प्र्रदेशगत धान रोपाइँको अवस्था हेर्दा सुदूरपश्चिममा धान रोपाइँ हुने कुल क्षेत्रफलको ९७.९३ प्रतिशत अर्थात् सबैभन्दा धेरै क्षेत्रमा रोपाइँ सकिएको छ । सुदूरपश्चिमको १ लाख ५४ हजार ९ सय ५० हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये अधिकांश भूभागमा रोपाइँ भइसकेको छ ।
लुम्बिनी प्रदेशको कुल ३ लाख १ हजार ३७२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये झन्डै ८८ प्रतिशत भू भागमा रोपाई सकिएको छ । क्षेत्रफलका आधारमा लुम्किनीमा २ लाख ६८ हजार १९७ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ.।
त्यस्तै, कर्णाली प्रदेशमा ८८.२२ प्रतिशत अर्थात् ३८हजार १ सय ८९ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ ।

बागमती प्रदेशको कुल १ लाख १४ हजार ५ सय २४ हेक्टर धान खेती योग्य जमिन मध्ये ८७.०९ प्रतिशत अर्थात् ९९ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
कोशी प्रदेशमा धानखेती हुने क्षेत्रको ८६.९७ प्रतिशत अर्थात् २ लाख ४० हजार ३ सय ७७ हेक्टर) भूभागमा रोपाइँ सकिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा धानखेती हुने क्षेत्रको ८०.७२ प्रतिशत ( अर्थात् ७५ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

मधेश प्रदेश नेपालकै सबैभन्दा धेरै धान उत्पादन हुने प्रदेश हो । तराई मधेशलाई नेपालमा अन्न भण्डार पनि भनिन्छ । मधेश प्रदेशमा राष्ट्रिय औसतभन्दा थोरैे अर्थात् ७७.८८ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ । क्षेत्रफलमा हेर्ने हो भने मधेश प्रदेशमा ३ लाख ५ सय ८० हेक्टरमा मात्र रोपाइँ सकिएको छ । मधेश प्रदेशमा अझै २२.१२ प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी छ ।
मधेशका जिल्लाहरूमध्ये सिराहामा सबैभन्दा धेरै ९४ प्रतिशत र महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

जिल्लागत उदाहरणः देशकै प्रमुख अन्न भण्डार मानिने झापा जिल्लामा हालसम्म ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भइसकेको छ।सुरुवाती चरणमा मनसुन ढिलो सक्रिय भएकाले असार मसान्तसम्म रोपाइँको गति केही सुस्त रहे पनि साउन महिना लागेपछि देशभर लगातार वर्षा भएकाले रोपाइँको दर तीव्र रूपमा बढेको हो। कृषि विभागका अनुसार साउन महिनाको अन्त्यसम्ममा देशभरिका बाँकी क्षेत्रमा पनि रोपाइँ सकिने अनुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज श्रावण १६ गतेसम्म कति धान रोपाई भएको छ ?

ताजा समाचार

View All →