काँग्रेस आधिकारिकता विवादमा देउवाले सर्वोच्चमा दिए आदेश पुनरावलोकन निवेदन

गोर्खा ड्रिम

Editor
9 days-ago July 23, 2026

काठमाडौं-
हङकङमा रहेका नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गरेर सभापति भएका गगन थापा र उनको नेतृत्वलाई पार्टीको आधिकारिकता प्रदान गर्ने आदेश पुनरावलोकन गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । निवेदनमा उनका कार्यबाहक सभापति पूर्णबहादुर खड्का पनि निवेदक छन् ।

निवर्तमान सभापति देउवाले वारेसमार्फत दिएको निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
पुनरावलोकनसम्वन्धी देउवाको निवेदन अब सर्वोच्चमा तीन न्यायाधीशको पूर्ण इजलासमा पेस हुनेछ । ताए।

पूर्ण इजलासमा पेस भएपछि सर्वोच्चले यसअघिको आदेश पुनरावलोकन हुने वा नहुने भन्ने निश्चय गर्नेछ । पूर्ण इजलासले अनुमति दिएमा यसअघिको फैसला पुनरावलोकनमा जानेछ भने पुनरावलोकन नगर्ने निर्णय पूर्ण इजलासबाट भएमा थापाले नै वैधानिक सभापति रहनेछन् ।

 

ताजा समाचार

View All →