काठमाडौं-
नर्वेलाई हराउँदै इंग्ल्यान्डले जारी विश्वकप फुटबलको सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ ।
आज बिहान भएको खेलमा नर्वेलाई अतिरिक्त समयमा गोल गरी इंग्ल्यान्डले खेल आफ्नो पक्षमा ल्याएको हो । मियामी स्टेडियममा ्भएको खेलमा इंग्ल्यान्ड एक गोलले पछाडि रहेको स्थितिलाई उल्ट्याउँदै जित निकालेको हा् ।
जुड बेलिङ्घमले गरेको दुई गोलको मद्दतले २–१ ले पराजित गर्यो र सेमिफाइनलमा प्रवेश गरेको हो । अब अन्तिम चारमा इंग्ल्यान्डले अर्जेन्टिना र स्वीट्जरल्यान्डबीच हुने खेलको विजेताको सामना गर्नेछ ।
यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनल यात्रा तय गरिसकेका छन् । आन्ड्रेस सेरडरपले ३६ औं मिनेटमा गरेको गोलले नर्वेले अग्रता लिएको खेलमा बेलिङ्घमले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा बराबरी गोल फर्काए ।
१–१ गोलको अवस्थामा खेल अतिरिक्त समयमा गएको थियो । ९३ औं मिनेटमा बेलिङ्घमले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।