पोर्चुगल र स्वीट्जरल्याण्ड अन्तिम १६ मा

गोर्खा ड्रिम

Editor
29 days-ago July 3, 2026

काठमाडौं-
क्रोएशियालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै पोर्चुगलले जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।
त्यसैगरी, अल्जेरियालाई ० का २ गोलले पराजित गर्दै स्वीट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलको जितका लागि क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गरेको गोलबाट क्रोएसियाले पहिलो अग्रता लिएको खेलमो ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे । त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्यो ।
अष्ट्रियालाई हराएर अन्तिम १६ मा स्पेनसँग अब पोर्चुगलले प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी, स्वीट्जरल्याण्डको जितका लागि ब्रेल इमबोलो र डान एनडोयले एक एक गोल गरे । स्वीट्जरल्याण्डका लागि आजको खेल ऐतिहासिक रह्यो, किन भने उसले विश्वकपका नकआउट चरणमा जित निकालेको यो सन् १९३८ यता पहिलो पटक हो ।

ताजा समाचार

View All →