ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु

गोर्खा ड्रिम

Editor
3 days-ago July 29, 2026

कपिलवस्तु-
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान ना. ५ ख २३६४ नम्बरको ट्रकले बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डस्थित महाराजगन्ज नगरपालिका–२ गैडहवामा सडक किनारमा मोटरसाइकल र साइकललाई ठक्कर दिँदा पैदलयात्री तथा साइकलमा सवार गरी ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा पैदल हिँडिरहेका महाराजगन्ज नगरपालिका–२ गैडहवाका आशिष कश्यपका १२ वर्षीय छोरा आनन्द कश्यपको तथा साइकलमा सवार महाराजगन्ज नगरपालिका–३ गनौरियाका अन्दाजी ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका अन्दाजी ७५ वर्षीय भोल्लर कुर्मीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

View All →