पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

गोर्खा ड्रिम

Editor
5 days-ago July 27, 2026

चितवन

ठाउँठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पहिरो पन्छाएपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको थियो । क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर अहिले ३ः१५ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

View All →