इङ्ग्ल्यान्ड र बेल्जियम विश्वकपको अन्तिम १६ मा

गोर्खा ड्रिम

Editor
July 2, 2026 July 2, 2026

काठमाडौँ, बुधबार राति र बिहीबार बिहान भएका खेलमा जित हात पार्दै इङ्ग्ल्यान्ड र बेल्जियम जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । एटलान्टा स्टेडियममा राउन्ड अफ ३२ मा डीआर कंगोलाई पराजित गर्दै गर्दा इंग्ल्यान्डका कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लिएको थियो ।

खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाएकोमा ७५औं मिनेटमा इंग्ल्यान्डका कप्तान केनले राबरीमा ल्याए भने ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । हारसंगै कंगो भने विश्वकपबाट बाहिरिएको छ ।

त्यसैगरी, बिहीबार बिहान अमेरिकाको सियातलमा भएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो ।
सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै बेल्जियमदे अन्तिम १६ को यात्रा तय गरेको हो ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिममा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले ३–२ को रोमाञ्चक जित निकालेको हो।

ताजा समाचार

View All →