भारतमा राहुल गान्धी, प्रियंका,अखिलेश यादवसहित नेता पक्राउ

गोर्खा ड्रिम

Editor
11 days-ago July 21, 2026

एजेन्सी
विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै भारतको नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका विपक्षी दलका नेता राहुल गान्धी सहित शीर्ष नेताहरूलाई मंगलबार प्रहरीले हिरासतमा लिएको छ ।

राष्ट्रिय योग्यता परीक्षा (निट) प्रश्नपत्र लिक प्रकरण र त्यसको विरोधमा उत्रिएका आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै धर्ना बसेका उनीहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हो ।

हिरासतमा लिइएकाहरूमा वरिष्ठ नेता राहुल गान्धीसहित नृतृ प्रियंका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कााग्रेस नेताहरु चरणजीत सिंह चन्नी, सुखविन्दर सिंह रन्धावा लगायतका नेता छन् ।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र संसदमा निट प्रकरणबारे छलफल माग गर्दै विपक्षी सांसदहरूले मंगलबार दिउँसोदेखि प्रधानमन्त्री निवास बाहिर घेराउ तथा धर्ना सुरू गरेका थिए।
उनीहरुलाई केही घण्टापछि छाडिएको छ ।

ताजा समाचार

View All →