युद्धविराम तोडिएको एक सातामा अमेरिका र इरान दुवै आक्रामक, दुवैतर्फ उल्लेख्य क्षति

गोर्खा ड्रिम

Editor
14 days-ago July 19, 2026

एजेन्सी-
युद्धविराम तोडिएपछि अमेरिका र इरानबीच युद्ध शुरु भएको एक साता पूरा भएको छ । यो एक सातामा अमेरिकाले इरानमाथि लगातार भीषण खालका हवाई आक्रमण गरेको छ भने त्यसको बदलामा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई मुख्य रुपमा निशाना बनाइरहेको छ । इरानले खाडीका अलावा अमेरिकाका सहयोगी राष्ट्रहरूमाथि मिसाइल तथा ड्रोन प्रहार गरेर बदला लिइरहेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो साता अमेरिकी आक्रमणमा कम्तिमा ५० इरानीको मृत्यु भएको छ भने ५ सय जनाजति घाइते भएका छन् । अमेरिकाले ठूलो संख्यामा सर्वसाधारण नागरिक, महिला तथा बालबालिकाहरूलाई लक्षित गरेको र मृत्यु हुने सबै गैरसैनिक भएको इरानले जनाएको छ ।

इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडामा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा २ जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने केही सैनिकहरू घाइते भएका छन् । त्यहाा १ जना सैनिक बेपत्ता भएको अमेरिकी अधिकारीहरले जानकारी दिएका छन् ।
इरानले गरेको प्रहारका कारण इराकमा कुर्दिस समूहका ९ जना लडाकु मारिनुका साथै कुवेतका केही अग्निनियन्त्रक घाइते भएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

युद्धका कारण दुवैतर्फ भौतिक क्षति पनि भएको छ । अमेरिकी हवाई हमलाका कारण दक्षिणी इरानको होर्मोज्गान प्रान्तमा कम्तीमा दुईवटा प्रमुख पुल, सडक सुरुङ र नुनिलो पानीलाई पिउनयोग्य बनाउने प्लान्ट ध्वस्त भएका छन्, जसले गर्दा थुप्रै गाउँहरूमा खानेपानीको हाहाकार भएको छ । इरानका तटीय निगरानी केन्द्र, राडार प्रणाली, भूमिगत हतियार भण्डार, र स्लामिक रिभोलुसनरी गार्ड कप्र्सका सैन्य संरचनाहरूमा गम्भीर क्षति पुर्याएको अमेरिकी सेन्ट्रल कमाण्डले दावी गरेको छ । साथै, बुशेहर आणविक ऊर्जा केन्द्र परिसर भित्र पनि क्षति पुगेको अमेरिकी अधिकारीहरुको भनाई छ ।

त्यस्तै इरानले बहराइन, कुवेत, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गरी आक्रमण गर्दा थुप्रै क्षति भएको छ । बहराइनस्थित शेख इसा एयरबेसको विमान ह्याङ्गर, पार्किङ क्षेत्र र इन्धन ट्याङ्कहरूमा क्षति पुगेको छ भने कुवेतको एक ऊर्जा उत्पादन तथा नुनिलो पानीलाई पिउनयोग्य बनाउने प्लान्टमा इरानी आक्रमणका कारण भिषण आगलागी भएको छ । होर्मुज जलडमरू मा इरानी प्रयासमाथि अवरोध गर्ने दुईवटा तेल ट्याङ्करहरूमा आगो लागेको छ ।
मुख्य कुरा होर्मुज जलडमरूमध्येमा व्यावसायिक ढुवानी ठप्पप्रायः भएको छ, जसले गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य पुनः बढ्न थालेको छ ।

ताजा समाचार

View All →