एजेन्सी-
अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिफा विश्वकप–२०२६ अन्तर्गत अर्जेन्टिनाले स्वीट्जरल्यान्डलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट बराबरीमा खेलेपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।
अर्जेन्टिनाले पहिलो हाफमा १ र अतिरिक्त समयको १ सय १२ औं र १ सय १४ मिनेटमा अर्को गरी ३ गोल गरेको हो । अब अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ ।