इरानद्धारा हर्मुज जलडमरु बन्द गरिएको घोषणा, तनाव झन् बढ्न सक्ने

गोर्खा ड्रिम

Editor
21 days-ago July 12, 2026

एजेन्सी,
अमेरिकासंग तनाव बढेपछि इरानले तेल ढुवानीको मुख्य नाका हर्मुज जलडमरु बन्द गरिएको घोषणा गरेको छ । उसले हर्मुज जलडमरुमा इरानी गतिविधिमाथि अवरोध गरिरहेको एउटा अमेरिकी जहाजलाई ध्वस्त पारेर गएरातिदेखि हर्मुज जलडमरु बन्द गरिएको जनाएको छ ।
इरानले यसलाई आधार बनाएर अमेरिकाले आक्रमण गरे उसलाई गतिलो जवाफ दिने चेतावनी पनि दिएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका एक जना अधिकारीले, ‘ अमेरिकी एउटा जहाजले समुद्री सुरक्षालाई खतरामा पार्ने खालका गतिविधि गरेकाले त्यसविरुद्ध हमला गरेपछि र हर्मुजमा आवागमनमाथि रोक लगाइएको’ उल्लेख गरेका छन् ।विज्ञप्तिमा धेरै जहाजले अनधिकृत बाटोबाट जलमार्ग प्रवेश गर्न खोजेको र चेतावनी दिँदा पनि बेवास्ता गरेकाले वाध्य भएर कारबाही गरी बन्द गर्नुपरेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आईआरजीसीले ‘अर्को सूचना नभएसम्म र यस क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको छ’ भनेको छ ।

ताजा समाचार

View All →