चैनपुर
बझाङको केदारस्युँ गाउँपालिकामा शनिबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका जाँदै गरेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।
दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली–६ च्वाबनकी केला देवी धामी, सोही स्थानका चक्र महत तथा केदारस्यूँ गाउँपालिका–७ की विमला देवी धामी रहेका छन् ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।