काठमाडौं
राजधानीका विभिन्न बस्ती खाली गराएर सुकुम्वासीहरुलाई राखिएको होल्डिङ सेन्टर वर्षापछि जलमग्न हुँदा त्यहाँको जवजीवन कष्टकर बनेको छ ।
होल्डिङ सेन्टरहरुमा बाढी पसेपछि अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीहरू प्रभावित भएका हुन् । सरकारले व्यवस्थापनका लागि राखेका सुकुम्बासी परिवारहरू बस्दै आएको उक्त होल्डिङ सेन्टरमा वर्षाको पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ । होल्डिङ सेन्टरभित्रका विभिन्न स्थानमा पानी भरिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ ।