कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा जानकी तुलाधर

गोर्खा ड्रिम

Editor
21 days-ago July 11, 2026

काठमाडौँ-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि आयुक्त डा जानकीकुमारी तुलाधर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भएकी छन् । त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डा तुलाधरलाई जिम्मेवारी सरेको निर्वाचन आयोगले जनाएकोछ । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन् ।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया जारी छ । संवैधानिक परिषद्ले मानबहादुर कार्र्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

ताजा समाचार

View All →