गगनेखोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

गोर्खा ड्रिम

Editor
21 days-ago July 11, 2026

जुम्ला-
कालीकोटको गगनेखोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि ठूलो संख्याका यातायात साधन र सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिएका छन् ।
पहिरो हटाउनका लागि बिहान ३ बजेदेखि नै काम भइरहेको पनि यातायात सञ्चालन हुन सकेको छैन । सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

ताजा समाचार

View All →