एजेन्सी
भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको भेनेजुयला सरकारले जनाएको छ । २ साताअघि आएको भूकम्पमा परी कम्तिमा ४ हजार १ सय २० जनाको मृत्यु भएको भेनेजुयला सरकारले जनाएको छ ।
भूकम्पका कम्तिमा ६ हजार ७ सय ४० जना घाइतेले विभिन्न अस्पतालमा उपचार गराएका छन् । भूकम्पले तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले जानकारी दिएका छन् । थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ । उद्धार टोलीहरूले अब व्यक्तिहरूको जीवितै उद्धार हुने सम्भावना नरहेको जनाएका छन् । परिवारका सदस्यहरूले जीवित नभए शव भए पनि भेटिने आशामा भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् । सरकारी उद्धार टोलीले उनीहरुलाई सहयोग गरिरहेका छन् ।
पछिल्लो समयमा भेनेजुएलाले भूकम्पीय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समयदेखि चलिरहेकोे आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा प्रभावित पारेको छ ।
यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ ।
भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरेकी छन् ।