चालु वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

काठमाडौं-
विश्वकै अर्थतन्त्र सुस्त हुने अनुमान गरिएको सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर जम्मा ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी) ले गरेको छ ।
नेपालमा सन् २०२५ मा ४.४ प्रतिशतको आर्थिक वृद्धि भएकोमा अंग्रेजी चालु वर्षमा न्यून भै २०२७ मा ४.५ प्रतिशत पुग्ने प्रक्षेपण एडिबीले गरेको छ ।

जबकि सरकारले आगामी आर्थिक वर्ष २०८३ ०८४ मा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । एडिबीको पछिल्लो प्रक्ष्ेपणले सरकारले लिएको लक्ष्य चुनौतीपूर्ण हुने देखाएको छ । चालु आवमा ६ प्रतिशतको लक्ष्य भए पनि ३.८५ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । आगामी वर्ष एसिया र प्रशान्त क्षेत्रकै आर्थिक वृद्धि सुस्त हुने एडिबीको प्रक्षेपण छ ।

विश्व अर्थतन्त्रमा देखिएको तनाव, मूल्यवृद्धि र आपूर्ति श्रृंखलामा देखिएको अवरोधले आर्थिक वृद्धिमा प्रभाव पार्ने एडिबीको प्रक्षेपण छ। सन् २०२६ मा दक्षिण एसियामा सबैभन्दा ठूलो वृद्धिदर भारतमा ६.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।  त्यस्तै भुटानमा ६.५, श्रीलंकामा ४ र बंगलादेश र पाकिस्तानमा समान ३.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण छ ।

अफगानिस्तानमा २.३ र माल्दिभ्समा १ प्रतिशत आर्थिक वृद्धि हुनेछ। समग्र रूपमा सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धि ६ प्रतिशत रहने एडिबीको प्रक्षेपण छ । एडिबीले चालु वर्ष सन् २०२६ मा चीनको आर्थिक वृद्धिदर ४.६ हुने अनुमान सार्वजनिक गरेको छ ।

ताजा समाचार

View All →