खाना पकाउने एलपी ग्यासको फेरि अभाव, सहज आपूर्ति मिलाउन विक्रेतालाई निगमको निर्देशन

गोर्खा ड्रिम

Editor
7 hours-ago August 1, 2026

काठमाडौं-
बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव देखिन थालेको छ । नेपाल आयल निगमले ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई बजारमा एलपी ग्यासको सहज आपूर्ति मिलाउन निर्देशन दिएको हो ।
। बजारमा ग्यासको अभाव देखिन थालेपछि निगमले यस्तो कदम चालेको हो ।
उपभोक्तालाई ग्यासको अभाव हुन नदिन उद्योगीहरूलाई आपूर्ति व्यवस्था चुस्त बनाउन आग्रह गरिएको निगमले जनाएको छ ।
राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा एलपी ग्यास पाउन मुस्किल हुन थालेको गुनासो बढेको छ । निगमले ग्यासको पर्याप्त मौज्दात रहेकाले बढी खरिद गरेर भण्डारण नगर्न पनि आमउपभोक्तालाई आग्रह गरेको छ ।
सरकारले बीचमा आधा सिलियडर ग्यास वितरण गरेकोमा पछिल्लो दिनमा पूरै भरी ग्यास वितरण गरिरहेको छ ।

ताजा समाचार

View All →