पाँचौं दिन पनि घट्यो सुनचाँदीको मूल्य

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

काठमाडौँ-

स्थानीय बजारमा आज पाँचौं दिन पनि सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा २ हजार ४ सय र चाँदी १ सय ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३ सय ४० कायम भएको छ ।

हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार १ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ५ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

ताजा समाचार

View All →