एजेन्सी
भारतमा सत्ताविरुद्ध अभियान चलाइरहेको ‘ककरोच जनता पार्टी’ को समर्थनमा राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा आमरण अनसनमा बसेका शिक्षाविद् तथा पर्यावरण कार्यकर्ता सोनम वाङचुकको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । वैज्ञानिक एवं शिक्षाविद् वाङचुकको स्वास्थ्य अवस्थालाई लिएर चौतर्फी चासो बढेको छ । उनको स्वास्थ्य जटिल बन्दै गएको विषयले धेरैको धयान खिच्न थालेको छ ।
‘ककरोच जनता पार्टी’ (सीजेपी) का प्रमुख अभिजीत दीपकेले वाङचुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले तत्काल पदबाट राजीनामा नदिएसम्म अनसन जारी राख्ने बताए पनि उनको अवस्था बिग्रँदै गएको र त्यो निकै चिन्ताको विषय भएको बताएका छन् । अनसन १२ औं दिनमा आइपुग्दा अनसनउनको तौल ७ किलोग्राम भन्दा बढी घटिसकेको छ । उनको तौल घटेर हाल ५९.४० किलोग्राम पुगेको छ । उनको रक्तचाप बस्दा १०३\६८ एमएम एचजी र सुत्दा १११\७३ एमएम एचजी मापन गरिएको छ । रगतमा चिनीको मात्रा घटेर ७५ एमजी डिएल पुगेको छ । (उनको मुटुको गति प्रतिमिनेट ७४ पटक र अक्सिजन स्याचुरेसन ९८ प्रतिशत रहेको छ । उनी मानसिक रूपमा सचेत भए पनि शरीर कमजोर भएका कारण उनलाई हिँडडुल गर्न निकै कठिन भइरहेको अभिजित दिपकेले बताएका छन् । नीट–यूजी’ परीक्षाको प्रश्नपत्र लिक भएको प्रकरणलाई लिएर सीजेपीले जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेको छ ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा उनलाई पदबाट बर्खास्त गरिनुपर्ने कक्रोच पार्टीको मुख्य माग छ । सीजेपीले प्रश्नपत्र लिक भएको घटनामा दोषीमाथि कडा कारबाही गरी जबाफदेहिता तय गर्न माग गरिरहेको छ। यिनै मागहरू पूरा गराउनका लागि सोनम वाङचुक विगत १द्द दिनदेखि भोक हड्तालमा बसेका हुन् ।
भारतमा सरकारी परीक्षा निट यूजी को प्रश्नपत्र बाहिरिएको र शैक्षिक प्रणालीमा अनियमितता भएको भन्दै ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके र विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। वाङचुकले सोही माग र लद्दाखको वातावरणीय सुरक्षाका लागि यो आमरण अनसन सुरु गरेका हुन्। यद्यपि, भारतीय संस्थापन पक्षबाट अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया आएको छैन।