ब्राजिल र जापान भिड्दै, अन्य चर्चित टोली पनि परीक्षामा

गोर्खा ड्रिम

Editor
June 29, 2026 June 29, 2026

काठमाडौं संवाददाता-
जारी विश्वकप फुटबलको आज १९औं दिन हो ।
गएरातिदेखि अन्तिम ३२ का खेलहरु शुरु भएका छन् । आयोजक मेक्सिको बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकालाई पाखा लगाउँदै अन्तिम १६ मा प्रवेश गरेको छ भने आगामी २४ घण्टामा तीन ठूला खेल हुनेछन् जसले अन्तिम १६ को समीकरणमात्र स्पष्ट गर्ने छैनन् । विश्वकपका दावेदारहरुको भविश्य तय गर्नेछ ।
आज ब्राजिल, जर्मनी र नेदरल्यान्ड्स जस्ता ठूला टोली मैदान उत्रनेछन् ।
पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाकै उत्कृष्ट टोली जापानको आज सामना गर्नेछ । यी दुई टोलीबीच खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । खेल नेपाली समय अनुसार आज राति १०ः ४५ बजे अमेरिकाको टेक्ससस्थित ह्युस्टन स्टेडियममा हुनेछ ।
त्यसैगरी, यसपटकको बलियो दाबेदार जर्मनीले पाराग्वेको सामना गर्नेछ । यो खेल अमेरिकाको म्यासाचुस्ट्सस्थित बोस्टन स्टेडियममा राति २ः१५ बजे हुनेछ ।
जर्मनी इक्वेडरसँग पराजित भएकाले जित निकाल्ने आशमा पाराग्वे पनि छ । यस्तो अवस्थामा पाराग्वेको टोलीले जर्मनीलाई पराजित गरेर उसको सपनालाई हुरीमा उडाइदिन पनि सक्छ । जर्मनी भने आज सहज जितेर उपाधिमाथिको दावीलाई थप बलियोसाथ प्रकट गर्न चाहन्छ ।
आगामी २४ घण्टाको सबैभन्दा रोमाञ्चक खेल नेदरल्याण्ड्स र मोरक्को बीच हुनेछ, उक्त खेल मेक्सिकोको मोन्टेरे स्टेडियममा हुनेछ । उक्त खेलको विजेताले अर्को चरणमा क्यानडाको सामना गर्नेछ ।

ताजा समाचार

View All →