काठमाडौं
अमेरिकालाई पराजित गर्दै बेल्जियम र पोर्चुगललाई पराजित गर्दे स्पेन जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको सिएटल स्टेडियममाउत्कृष्ट प्रदर्शन गर्दै बेल्जियमले अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गरेको हो । हारसँगै अमेरिका विश्वकपबाट बाहिरिएको छ ।
बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई तथा हान्स भानकेन र रोमेलु लुकाकुले एक एक गोल गरे । खेलको ३१औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्रिकिकमार्फत गरेको गोल सान्त्वनामात्र बन्न सक्यो ।
त्यस्तै, गएरातिको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेको थिएन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ ।