भारतको मणिपुरमा फेरि भड्कियो हिँसा

गोर्खा ड्रिम

Editor
26 days-ago July 6, 2026

एजेन्सी-
लामो समयदेखि अशान्त रहेको भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । त्यस क्रममा कैयौं घाइते भएका छन् भने स्थानीय संगठनहरुद्धारा २४ घण्टे बन्द आह्वान गरिएको छ ।
मे २०२३ देखि सुरु भएको जातीय द्वन्द्व पछिल्ला दिनहरूमा कुकी र नागा समुदायका सशस्त्र समूहहरूबीच नयाँ क्षेत्रहरूमा फैलिएको छ ।
हालै स्थानीय जातीृय समुहहरु तथा राज्यका सुरक्षाबलबाट भएका क्रियाकलापहरुबाट ठूलो संख्याका आदिवासी तथा स्थानीय सङ्गठनहरूले बन्द आह्वान गरेक छन् । उनीहरुले राजमार्गमा अवरोध पनि आह्वान गरेका छन् ।
पछिल्लो घटना के भने मणिपुरको काम्जोङ र नोने जिल्लाका सीमावर्ती गाउँहरूमा सशस्त्र समूहहरूले आक्रमण गरी कम्तीमा २० देखि ३० वटा घरहरूमा आगजनी गरेका छन ्। असम राइफल्सको सुरक्षा पोस्ट हटेको भोलिपल्टै उक्त आक्रमण भएको स्थानीयले बताएका छन् ।
भारत सरकारले हिंसा शुरु भएदेखि हालसम्म २ सय ६० भन्दा बढी नागरिक तथा सुरक्षाकर्मीले ज्यान गुमाएको पुष्टि गरेको छ । तर अनौपचारिक तथ्याँकहरुले त्यहाँ मृत्यु हुनेको संख्या १ हजार भन्दा माथि रहेको जनाएका छन् । झडप र बमबारीका कारण १ हजार २ सय भन्दा बढी मानिस घाइते भएका छन ्। हिंसाका कारण आफ्नो घर छोडेर राहत शिविर तथा छिमेकी राज्यहरूमा शरण लिन बाध्य भएका विस्थापितहरूको सङ्ख्या ६० हजार भन्दा बढी पुगेको छ । द्वन्द्वका क्रममा ४ हजार ७ सय भन्दा बढी घरहरू र लगभग ४ सय धार्मिक स्थलहरुमा तोडफोड र आगजनी गरिएको छ । हिंसाका प्रत्यक्ष मृतकबाहेक, राहत शिविरको दयनीय अवस्था र स्वास्थ्योपचारको अभावका कारण विगत ३ वर्षमा ७३० भन्दा बढी विस्थापित व्यक्तिहरूको शिविरभित्रै मृत्यु भएको तथ्याङ्क छ ।

ताजा समाचार

View All →