काठमाडौं-
महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
घरेलु मैलानमा इङ्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलियाले उपाधि उचालेको हो । अष्ट्रेलियाले यसपालि कीर्तिमानी सातौं पटक महिला टी–२० विश्वकप जितेको हो ।
इङ्ल्यान्डले जितका लागि दिएको १ सय ५१ रनको लक्ष्य अस्ट्रेलियाली टोलीले १७.१ ओभरमा तीन खेलाडीको क्षतिम पूरा गरेको हो । अष्ट्रेलियाका बेथ मुनीले ४९ बलमा १० चौकासहित ६४ रन बनाइन् भने फोबी लिचफिल्डले ३५ बलमा ४८ रन बनाइन् । इङ्गल्याण्डको लड्र्स मैदानमा खेलिएको यो फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । इङ्ल्यान्डका लागि कप्तान नेट स्काइभर–ब्रन्टले ५३ बलमा सर्वाधिक ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ र एलिस क्याप्सीले २३ रन बनाइन्।
अष्ट्रेलियाकी कप्तान सोफी मोलिनक्स, किम गार्थ, लुसी ह्यामिल्टन र अन्नाबेल सदरल्याण्डले एक–एक विकेट लिए।