काठमाडौँ
ब्राजिललाई हराउँदै नर्वे र मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पाँचपटकको विश्वविजेता ब्राजिललाई रोक्न नर्वेका एर्लिङ हालान्डले दुई गोल गरे ।
अमेरिकाको न्युयोर्क न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरकेो हो । हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । उनले खेलको ७९ औँ मिनेटमा पहिलो र ९० औँ मिनेटमा दोस्रो गोल गरे । त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ ।
अर्को खेलमा १० खेलाडीमा सीमित बनेको इग्ल्याण्डले सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे ।
इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए ।
इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।