आफ्ना प्रिय ‘सर्वोच्च नेता’को अन्तिम विदाईमा तेहरानमा लाखौं मानिस

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026

एजेन्सी-
आफ्ना सर्वोच्च नेता स्वर्गीय आयोतुल्लाह खामेनीलाई अन्तिम विदाई गर्न राजधानी तेहरानमा लाखौं इरानीहरु भेला भएका छन् । गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि तेहरानस्थित इमाम खोमेनी ग्रान्ड मोसाल्लामा राखिएको छ ।
गत शुक्रबारे नमाजपछि शुरु भएको अन्तिम श्रद्धाञ्जली कार्यक्रमको तेश्रो दिन आइतबार तेहरानमा लाखौंको भीड जम्मा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आइतबार लाखौं मानिसहरू राजधानी तेहरानको इमाम खोमेनी ग्रान्ड मोसल्लामा खमेनीलाई अन्तिम सम्मान गर्न भेला भएका हुन । सहभागीहरुले आफ्ना नेता खामेनीप्रति सम्मान व्यक्त गर्नुका साथै “अमेरिका र इजरायललाई मृत्युदण्ड दिनुपर्छ भन्ने नारा लगाएका छन् ।
अन्त्येष्टिमा इरानी जनताबाहेक विश्वका १ सय भन्दा बढी देशका प्रतिनिधिमण्डलहरू उपस्थित छन् ।
अमेरिका र इजरायलको सम्भावित आक्रमणलाई ध्यानमा राखेर तेहरानका जनताका लागि अभूतपूर्व सुरक्षा र विशेष व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अत्यधिक संख्यामा पुलिस र सेना तैनाथ गरिएको छ भने हेलिकोप्टर, ड्रोन र जहाजहरुमार्फत् हवाई सुरक्षा एवं निगरानी गरिएको छ । अन्तिम संस्कारमा सहभागी हुने मानिसहरुलाई लक्षित गरी मेट्रो रेल र सरकारी बसहरू निःशुल्क गरिएका छन् । होटलहरूमा कम्तिमा ५०% छुट दिइएको छ भने ५ हजार भन्दा बढी विद्यालयहरूमा आवासको व्यवस्था गरिएको छ । अन्य शहरहरूबाट राजधानी आउन विशेष रेलहरू सञ्चालनमा ल्याइएको छ ।
खामेनीको अन्तिम यात्रा तेहरानबाट सुरु भएर इराकको कोम, कारबाला र नजफ हुँदै ९ जुलाईमा मशहद पुग्नेछ जहाँ उनको अन्तिम संस्कार गरिनेछ ।

ताजा समाचार

View All →