साँढे पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

गोर्खा ड्रिम

Editor
14 days-ago July 18, 2026

रौतहट
गौर भन्सार कार्यालय, रौतहट नजिक स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको शरीर खानतलासी गर्दा खुट्टामा लगाएको मोजाभित्र लुकाइछिपाइ राखिएको स्रोत नखुलेको नेपाली पाँच लाख ५० हजार रुपैयाँ फेला पारेको जनाएको छ । बरामद रकममध्ये एक हजार दरका ४ सय ९५ थान र पाँच सय दरका १ सय १० थान नोट रहेका छन् ।

 

ताजा समाचार

View All →