शेखर गोल्छासंग विशेष अदालतले माग्यो एक करोड धरौटी

गोर्खा ड्रिम

Editor
10 days-ago August 11, 2026

काठमाडौं
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

मंगलबार थुनछेक बहसपछि न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले एक करोड रुपैयाँ धरौटी माग गरेको विशेष अदालतले जनाएको छ ।

आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए।

विशेषले शुुरुमा बकपत्र गराएकोमा गोल्छासंग त्यसपछि धरौटी माग गर्ने आदेश दिएको हो ।
यसअघि पनि गोल्छा थप २ कसुरमा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर रिहा भएका हुन ।

ताजा समाचार

View All →