झापा-
आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले गत आर्थिक वर्षमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यलिएको भद्रपुर आन्तरिक राजश्वले लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये आयकर २ अर्ब ४१ करोड ६१ लाख सात हजार, मूल्य अभिवृद्धि कर (भ्याट) १ अर्ब ६६ करोड २९ लाख ९५ हजार र अन्तःशुल्क ६७ करोड ८९ लाख पाँच हजार सङ्कलन भएको छ ।
यसैगरी, भाडा आयकर ५ करोड ६६ लाख ७८ हजार, ब्याज कर ९ै करोड ३६ लाख ८० हजार तथा अन्य शीर्षकमा २करोड ६३ लाख २१ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
भद्रपुर राजश्वको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ हो ।