विष्णु पौडेललाई म्यादमाथि म्याद

गोर्खा ड्रिम

Editor
24 days-ago July 8, 2026

काठमाडौं-
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा म्यादमाथि म्याद थप भैरहेकने छ ।
आजमात्र विशेष अदालतले उनलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आज चौथो पटक म्याद थपको अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएर नेपालगञ्ज हुँदै सडक मार्गबाट काठमाडौं ल्याएको थियो ।
पौडेलकी पत्नी दोमायाले पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले असार १८ मा खारेज गरेको थियो ।
उनलाई दीपक भट्टसहित ३९ जनामाथि जारी सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्न रहेको भनिएको छ ।

ताजा समाचार

View All →