रुस र युक्रेनबीच हमला बढ्यो,दर्जनौंको ज्यान गयो

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026

एजेन्सी
यो साता रुस र युक्रेनबीचको युद्ध फेरि एकपटक चरममा पुगेको छ ।
रुसी सेनाले युक्रेनको राजधानी किभमा साताभर ठूला ड्रोन र मिसाइल आक्रमण गरेको छ । त्यसैगरी, युक्रेनले गरेको आक्रमणबाट रुसको राजधानी मस्कोसहित धेरै क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ ।
रुसको पछिल्लो हमलामा दर्जनौं मानिसको मृत्यु भएको युक्रेनी अधिकारीहरुले पुष्टि गरेका छन् । अधिकारीहरूका अनुसार यो हमलामा अन्य धेरै व्यक्तिहरू पनि घाइते भएका छन्। आक्रमणपछि शहरका धेरै क्षेत्रहरू खाली गराइएको छ । राजधानीका धेरै भवनहरू विस्फोटका कारण क्षतविक्षत भएका छन् ।
युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले रुसले “ठूलो मात्रामा“ आक्रमण गरेको र आफुहरुले पनि तयसको बदला लिएको प्रतिक्रिया दिएका छन् ।
युक्रेनका सैन्य प्रशासनका प्रमुख तैमुर ताकाचेन्कोले मारिनेको संख्या निकै उच्च रहेको र तीमध्ये बालबालिका पनि रहेको बताए । उनले भने, रुसले फेरि एकपटक जानाजानी आवासीय क्षेत्रलाई निशाना बनाएर सर्वसाधारणलाई मारिरहेको आरोप लगाउका छन् ।
रूसको रक्षा मन्त्रालयले भने आफ्नो आक्रमण हालै युक्रेनी आक्रमणको जवाफ भएको जनाएको छ । रुसले युक्रेनका ऊर्जा प्रतिष्ठानहरूलाई निशाना बनाएर आक्रमण गरिएको र त्यसमा सर्वसाधारणलाई जोगाउन प्रयत्न गरिएको दाबी गरेको छ ।

ताजा समाचार

View All →