काठमाडौं-
मेक्सिको जारी विश्वकप फुटबलको अन्तिम १६ अर्थात् प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
इक्वेडरविरुद्ध २–० को जितसहित मेक्सिको अघिल्लो चरणमा प्रवेश गरेको हो ।
मेक्सिको सिटी रंगशालामा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले गरेको २ गोल नै नतिजा बन्न पुगेको हो ।
किन भने दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
मेक्सिको विश्वकप–२०२६ को सह–आयोजक राष्ट्रसमेत समेत हो ।
खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र ३१औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरेका हुन ।