माइखोलामा सडक भासिँदा मेची राजमार्ग ठप्प

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

इलाम-

माइखोला खण्डमा सडक भासिँदा मेची राजमार्गमा आवागमन ठप्प भएको छ । इलाम नगरपालिका–९ स्थित राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।

मेची राजमार्ग पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिन्छ । निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेको छ । सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने मुख्य मार्गमा आवागमन ठप्प भएको हो ।
राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

ताजा समाचार

View All →