भीमफेदीमा पहिरो, कान्ति लोकपथ अवरुद्ध

गोर्खा ड्रिम

Editor
June 30, 2026 June 30, 2026

हेटौँडा-

काठमाडौँ – मकवानपुर सडकको कान्ति लोकपथ अन्तर्गत् भीमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

ताजा समाचार

View All →