भारतको हिमाञ्चलमा पहिरोमा जीप पुरिँदा १३ जनाको मृत्यु

गोर्खा ड्रिम

Editor
8 days-ago July 24, 2026

एजेन्सी-

भारतको हिमाचल प्रदेशको पांगी र लाहौल–स्पिती जिल्लाको सीमावर्ती क्षेत्र कडु नालामा पहिरोमा जीप पर्दा १३ जनाको मृत्यु भएको छ ।

उदयपुर–किलाड सडकमा कडु नाला नजिकै पहिरो खस्दा कुल्लुबाट पांगी जाँदै गरेको जीपमाथि शुक्रबार पहिरो खस्दा १३ जनाको मृत्यु हुनाका साथै २ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले इन्स्टाग्राममा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

ताजा समाचार

View All →