रौतहट संवाददाता
रौतहटको गढीमाई नगरपालिकास्थित हरैया घाटमा बागमती नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका गढीमाई नगरपालिका–१ निवासी भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सोही स्थानका सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादवको शव घटनास्थलबाटै निकालिएको छ ।
दुवै बालकको शवको प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमपछि परिवारजनलाई बुझाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।