प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

काठमाडौं-

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा उजुरी आह्वान गरेर सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको तथा आयुक्तमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो । तीनै जनाविरुद्ध सुनुवाई समितिले १० दिन समय दिएर उजुरी आह्वान गरेको छ । प्राप्त उजुरीउपर छलफल गरेर सुनुवाइ समितिले निर्णय गर्छ ।
संविधानतः संसदीय सुनुवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

 

ताजा समाचार

View All →