कालिकोट
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पहिरोले घट्ट पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार दिउँसो अन्दाजी १ः३० बजेको समयमा सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ काप्रीखोला स्थित घट्टमा बसिरहेका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही वडा न ६ को धामीगाउँ बस्ने वर्ष ४६ का मन्दिर साउद र वर्ष ७६ का लाल बहादुर साउद रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ६ बजे काप्रिखोलामा रहेको घट्टमा अन्न पिस्न गएका उनीहरु घट्टमा बसिरहेको अवस्थामा माथिबाट अन्दाजी २५ मिटर टाढाबाट खसेको पहिरोले पुरेको थियो ।
दुवै जनालाई उद्धार गरी निकाले पनि उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर पश्चिममा पर्दछ ।