काठमाडौँ
बझाङको केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले हेलिकप्टरबाट आइतबार नेपालगञ्ज पु¥याएको छ ।
उनीहरले अहिले नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पालमा उपचार भैरहेको छ । हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जनाएको छ ।
स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले स्काइ ट्रकमार्फत काठमाडौँ ल्याएको छ । साथै सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पु¥याइएको छ । बझाङ, केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात जना गम्भीर घाइते भएका थिए ।