डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

गोर्खा ड्रिम

Editor
14 days-ago July 18, 2026

अमरगढी-
डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् । जीप करिब ५०० मिटर तल खसेको थियो । जीप सवार तीन जना घाइते भएका छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

View All →