आफ्नै शरीरमा आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु

गोर्खा ड्रिम

Editor
21 days-ago July 11, 2026

काठमाडौँ-
काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ । घटनालगत्तै उपचारार्थ वीर अस्पताल पुर्याइएका उनको शनिबार अपराह्न अधिक जलनका कारण उपचारका क्रममा मृत्यु भएको अस्पतालको डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेले जानकारी दिएका छन् ।
४५ वर्षीय उनी बुद्धनगर बस्दै आएका थिए ।
जलन उपचार केन्द्रका प्रमुख डा.लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा अस्पताल भर्ना भएक उनको उपचारका क्रममा मृत्यु भएको हो ।
“हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास गर्यौँ तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वासप्रश्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,” डा लामिछानेले भने ।
व्यवसाय गर्दै आएका उनले किन आत्मदाहको प्रयास गरे भन्ने खुल्न सकेको छैन ।

ताजा समाचार

View All →