जनकपुरधाम उपमहानगरको बजेट २ अर्ब ६५ करोड

गोर्खा ड्रिम

Editor
19 days-ago July 13, 2026

जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार बराबरको बजेट ल्याएको छ ।
बजेटमा चालुतर्फ १ अर्ब ४२ करोड ७७ लाख ९ हजार, पूँजीगततर्फ १ अर्ब २२ करोड २२ लाख ५३ हजार छुट्याइएको छ ।
आर्थिक विकासतर्फ ५ करोड ९४ लाख ५४ हजार ४ सय ८, सामाजिक विकासतर्फ ८३ करोड २८ लाख ९८ हजार ७ सय ६२, पूर्वाधार विकासतर्फ ९१ करोड, २२ लाख ७८ हजार ८ सय ३०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३१ करोड ७४ लाख तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ५३ करोड रकम विनियोजन गरेको नगर प्रमुख मनोजकुमार साहले जानकारी दिएका छन् ।

 

ताजा समाचार

View All →