चीनद्धारा अमेरिकी पाष्टर रिहा

गोर्खा ड्रिम

Editor
26 days-ago July 6, 2026

एजेन्सी-
चीनले अमेरिका स्वतन्त्रता दिवसको अवसर पारेर हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई रिहा गरेको छ ।
स्वतन्त्रता दिवसको अवसरमा अमेरिकासंगको सम्वन्धमा ‘सद्भावना सङ्केत’ का रुपमा उनलाई रिहा गरिएको चीनियाँ अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेइजिंग भ्रमणका क्रममा चीनियाँ समकक्षी सी चीनफिङ्सँग उक्त मुद्दा उठाएपछि जिनलाई रिहा गरिएको हो ।
पास्टर एज्रा जिन जायन चर्चका संस्थापक हुन जुन, चीनमा दर्ता नभएका चर्चमध्ये एक हो। जिनलाई गत वर्ष अक्टोबर १० मा ‘सूचना सञ्जालको अवैध प्रयोग’ को आरोपमा अन्य चर्च सदस्यसहित पक्राउ गरिएको थियो ।
हिरासतबाट मुक्त गरिएपछि उनी हिजो  नै लस एन्जलस पुगेको अमेरिकी सञ्चार माध्यमहरुले आज जनाएका छन् ।
पास्टर जिनकी छोरी ग्रेसले आफ्नो बुबाको रिहाइ र अमेरिका फिर्तालाई ‘ठूलो चमत्कार’ भन्दै राष्ट्रपटि ट्रम्प  र चीनियाँ सरकारलाई धन्यवाद दिएकी छन् ।
यो घटनाले चीनमा धार्मिक स्वतन्त्रता र दुई देशबीचको सम्बन्धमा सकारात्मक परिवर्तनको सङ्केत दिनसक्ने आशा व्यक्त गरिएको धार्मिक अधिकारकर्मीहरुले बताएका छन् ।
चीनमा पछिल्ला महिनामा दर्ता नभएका चर्चमाथि निगरानी र कारबाही कडा बनाइएको छ । अधिकारीले विभिन्न स्थानमा चर्चका नेतालाई पक्राउ गर्नुका साथै धार्मिक संरचनामाथि नियन्त्रण बढाएको छ ।

 

ताजा समाचार

View All →