चार विधेयक प्रमाणीकरण

गोर्खा ड्रिम

Editor
22 days-ago July 10, 2026

काठमाडौँ-
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बैठकबाट पारित विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’  प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।

ताजा समाचार

View All →