गणेश नेपालीको मृत्युबारे डिआइजीको नेतृत्वमा प्रहरीको छानबिन समिति

गोर्खा ड्रिम

Editor
22 days-ago July 10, 2026

काठमाडौँ
आत्मदाहबाट शुक्रबार निधन भएका मुगुका गणेश नेपालीको घटनाबारे छानबिन गर्न प्रहरीले नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा समिति बनाएको छ । राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।

प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीलाई समेत समेटेर ५ सदस्यीय छानबिन समिति बनाइएको जनाएको छ । नेपालीको मृत्युअघि भएका घटनाको अध्ययन गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइएको छ ।
राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेको बेला महानगर प्रहरीले ह्विललक लगाइदिएपछि आक्रोशित नेपालीले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएको प्रहरीको भनाइ छ । यसबारे थप अध्धयन आवश्यक रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

View All →