इरान युद्धमा १७ अमेरिकी सैनिक मारिए, ४ सयबढी घाइते

गोर्खा ड्रिम

Editor
11 days-ago July 21, 2026

एजेन्सी-
जारी इरान युद्धमा आफ्ना केही सैनिकहरू मारिएको र ४ सयबढी सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पुष्टि गरेको छ । पेन्टागनका अनुसार इरानी हमलाहरुबाट मारिने सैनिकको संख्या १७ पुगेको छ ।
पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार पछिल्लो इरानी आक्रमणहरूमा एक सयबढी अमेरिकी सैनिकहरू घाइते भएका हुन ्। यसअघिका विभिन्न आक्रमणहरुसमेत गरी घाइते सैनिकको संख्या चार सय नाघेको पेन्टागनले जनाएको छ ।
घाइतेमध्ये अधिकांशलाई बाहिरी चोटपटक र मस्तिष्कमा आघातको समस्या देखिएको छ । त्यसमध्ये ९६ प्रतिशत सैनिकहरू पुनः काममा फर्किसकेको पनि पेन्टागनले दावी गरेको छ ।
पछिल्लो साता हामनाहान तीव्र भएको छ जसमा अमेरिकी सैन्य क्षति पनि बढेको छ । आफ्ना सैनिकहरू मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा जवाफी हवाई आक्रमणको निर्देशन दिएका छन् । अमेरिकी सेनाले इरानका सैन्य ठेगाना, ड्रोन भण्डारण र ब्यालेस्टिक मिसाइल प्रणालीहरूलाई लक्षित गरी लगातार आक्रमण गरिरहेको र त्यस क्रममा इरानले ठूलो क्षति व्योहोरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

ताजा समाचार

View All →