आयोजक अमेरिका पनि विश्वकपको अन्तिम १६ मा

गोर्खा ड्रिम

Editor
July 2, 2026 July 2, 2026

काठमाडौं
बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान एक एक गोल गरे । खेलको ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ६४ औँ मिनेटमा फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्काे गोल थप्यो । उसका लागि टिलम्यानले गोल गरे ।

अन्तिम १६ को मा अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।

ताजा समाचार

View All →