अमेरिकाको २ सय ५० औँ स्वतन्त्रता दिवस, अमेरिका कुनै पनि प्रकारको कम्युनिष्ट चाहँदैन- राष्ट्रपति ट्रम्प

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026

एजेन्सी-
अमेरिकाले भव्य समारोहबीच देशको २ सय ५० औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवस समारोहमा हजारौं मानिस सहभागी भएका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कुनै पनि नाम वा रुपको कम्युनिष्ट र साम्यवाद नचाहने स्पष्ट पारेका छन्
राजधानी वासिङ्टन डीसीको नेसनल मलमा आयोजित कार्यक्रममा कम्युनिष्टविरुद्ध कडा अभिव्यक्ति दिएका राष्ट्रपति ट्रम्पले विश्वमा हालसम्म साम्यवाद सधैँ हारेको र अमेरिकामा त सधैं हारिरहने बताए । अमेरिकी व्यवस्थाको बिलकुल विपरीत भएकाले अमेरिकाले कुनै पनि प्रकारको कम्युनिष्टहरू नचाहने उनले बताए ।
ट्रम्पले कम्युनिष्ट विचारले कहिल्यै अमेरिकाभित्र पाइला राख्न नसकोस् भनेर अमेरिकी सैनिकले विश्वव्यापी रूपमा साम्यवादविरुद्ध लडिरहेको पनि जानकारी दिए । भाषणपछि नेसनल मलमा लगभग ४० मिनेटसम्म रेकर्ड तोड्ने आतिशबाजी प्रदर्शन गरिएको जियो ।जसमा ८ लाख ५० हजारभन्दा बढी आतिशबाजी गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ह्वाइट हाउसले यसलाई अमेरिकाको इतिहासमै सबैभन्दा ‘ठुलो स्वतन्त्रता दिवस आतिशबाजी प्रदर्शन’ भनेको छ। १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणासँगै बेलायतबाट अलग हुने निर्णय गरेका थिए । संयुक्त राज्य अमेरिकाले यस उत्सवलाई ‘अमेरिका २५०’ नाम दिएको छ ।

ताजा समाचार

View All →